Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थ

    नेपाल बैंकमा १९२ पदमा जागिर खुल्यो

    नेपाल बैंकमा १९२ पदमा जागिर खुल्यो


    • शुक्रवार, फाल्गुण २१ २०७७

    • नेपाल वाइड


    नेपाल बैंकमा १९२ पदमा जागिर खुल्यो

    काठमाडौं । नेपाल बैंक लिमिटेडले करिब दुईसय जनाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले सहायक प्रबन्धक, सीएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकसहित १९२ पदमा आवेदन आह्वान गरेको हो । रिक्त पदहरूमा खुला प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ ।

    बैंकका अनुसार अनलाइन दरखास्त फारम भर्न सकिने छ । तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ ।

    आजदेखि चैत १२ गतेसम्म अनलाइन दरखास्त दिने समय तोकिएको छ । फारम भर्नका लागि नेपाल बैंक लिमिटेडको वेवसाइट www.nepalbank.com.np बाट भर्न सकिनेछ ।

    सम्बन्धित समाचार