Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    विदेश

    चिनियाँ राष्ट्रपति शिको किताब १७ वटा देशमा प्रकाशन र अनुवाद गरिँदै

    चिनियाँ राष्ट्रपति शिको किताब १७ वटा देशमा प्रकाशन र अनुवाद गरिँदै


    • बिहिवार, फाल्गुण २० २०७७

    • नेपाल वाइड


    चिनियाँ राष्ट्रपति शिको किताब १७ वटा देशमा प्रकाशन र अनुवाद गरिँदै

    बेइजिङ । चिनियाँ राष्ट्रपति शि जिनपिङले शासन–विधि सम्बन्धी लेखेको किताबको तेस्रो खण्डको अनुवाद गर्न १७ वटा देशका प्रकाशक घरले बेइजिङमा अधारित विदेशी भाषाको प्रेससँग सहकार्य गर्ने भएका छन् । यसमा समावेश देशहरुमा अल्बेनिया, पोल्यान्ड, रोमेनिया, बेलारुस, युक्रेन, अफगानिस्तान, कम्बोडिया, नेपाल, लाओस, बंगलादेश, थाइल्यान्ड, भारत, पाकिस्तान, श्रीलंका, ताजिकिस्तान, किर्जिस्तान र मंगोलिया रहेका छन् ।

    सो किताब गत वर्षको जुन महिनामा चिनियाँ र अङ्ग्रेजी भाषामा सार्वजानिक गरिएको थियो । यसमा कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) केन्द्रिय कमिटीले जिनपिङको नेतृत्वमा कसरी पूरै पार्टी र देशलाई सञ्चालन गरि सुधारका कामहरु गरिरहेको छ भन्नेको रेकर्ड रहेको छ । ‘शि जिनपिङ : द गभरनेन्स अफ चाइना’ भन्ने किताबका तीन खण्ड रहेका छन् ।

    यसलाई अहिलेसम्म १७० भन्दा धेरै देशमा वितरण गरिसकिएको छ । चिनियाँ प्रकाशकका अनुसार अहिले उनीहरु तेस्रो खण्डको फ्रेन्च, स्पेनिस, रुसी, अरेबिक, जर्मन, जापानी र पोर्चुगिज भर्जनमा पनि काम गरिरहेका छन् । सीजीटीएन

    सम्बन्धित समाचार