Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लागूऔषधसहित रौतहटबाट दुई जना पक्राउ

    लागूऔषधसहित रौतहटबाट दुई जना पक्राउ


    • बुधवार, फाल्गुण १९ २०७७

    • नेपाल वाइड


    लागूऔषधसहित रौतहटबाट दुई जना पक्राउ
    प्रतिकात्मक तस्बिर

    रौतहट । अवैध लागूऔषधसहित रौतहटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका १८ वर्षीय दुई जना युवालाई चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार राजदेवी नगरपालिका–८ लक्ष्मीपुरबाट पक्राउ परेका उनीहरुबाट लागूऔषध १ सय ८० एम्पुल फेनारगन, १ सय ८० एम्पुल नोर्फिन, १ सय २० एम्पुल डाईजेल्याप र ६० एम्पुल डाईजेपाम बरामद गरिएको छ ।

    भारतको सितामडी वैरगैनिया भकुरहरमा बस्दै आएका उनीहरूलाई नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी वेलविछुवाबाट खटिएको प्रहरीको टोलीले चेकजाँचका क्रममा प्रकाउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

     
     

    सम्बन्धित समाचार