Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    विद्युत

    विद्युतीकरणको काममा प्राधिकरणकै ढिलासुस्ती

    विद्युतीकरणको काममा प्राधिकरणकै ढिलासुस्ती

    उपकरण नआउँदा विद्युतीकरणको काम प्रभावित

    • बुधवार, फाल्गुण १९ २०७७

    • नेपाल वाइड


    विद्युतीकरणको काममा प्राधिकरणकै ढिलासुस्ती

    खोटाङ । फागुन १९, नेपाल विद्युत प्राधिकरणले आवश्यक सामग्री नपठाउँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको विद्युतीकरणको काम प्रभावित भएको छ । प्राधिकरणको प्रदेश नम्बर १ प्रादेसिक कार्यालय बिराटनगरबाट आवश्यक पोल, तार, ट्रान्सफर्मरलगायतका उपकरण नआउँदा विद्युतीकरणको काम प्रभावित भएको हो ।

    सामान ढुवानी गर्ने, पोल गाड्ने, तार टाँग्ने, ट्रान्सफर्मर राख्ने लगायतका कामको ठेक्का लिएको बिश्व शिखर निर्माण सेवा उदयपुरले चालु आर्थिक वर्षदेखि नै काम नगरेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताउनुभयो । प्रदेश नम्बर १ प्रादेसिक कार्यालय बिराटनगरले आवश्यक सामग्री पठाउन ढिलाई गरेकाले बाहुनीडाँडा र डिकुवाको विद्युतीकरणको काममा ढिलासुस्ती भएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ ।

    प्रदेश कार्यालयबाट सामान नआउँदा विद्युतीकरणको काम रोकिएको दिक्तेल वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले बताउनुभयो । कतिपय पठाइए पनि थप सामान अभावमा करिब ६ महिनादेखि विद्युतीकरणको काम रोकिएको चौधरीको भनाई छ । प्राधिकरणले आवश्यक सामग्री उपलव्ध गराउने गरी बिश्व शिखर निर्माण सेवाले गत वर्ष ४७ लाखमा विद्युतीकरणको कामको ठेक्का लिएको हो ।

    हालसम्म बाहुनीडाँडा र डिकुवामा अझै १२५ किलोमिटर तार पुग्न बाँकी रहेको प्राधिकरणका दिक्तेल वितरण केन्द्रका प्राविधिक प्रमुख उमेश महतोले बताए । हालसम्म दुई वडामा १८ किलोमिटर तार मात्र पु¥याएर टाँगिएको छ । हाई–टेन्सनका १०५ वटा र लो–टेन्सनका ८७८ वटा पोल भने पुगिसकेको प्राधिकरणको वितरण केन्द्रले जनाएको छ । यस्तै, ८ वटा ट्रान्सफर्मर पुग्नुपर्नेमा अझै ६ वटा ट्रान्सफर्मर पुग्न सकेको छैन । प्राधिकरणले आवश्यक सामग्री पठाउन नसक्दा करिव डेढ महिनाअघि विद्युतीकरणको कामका लागि ६ महिना म्याद थप भएको प्राविधिक प्रमुख महतोले बताए ।

    आवश्यक सामग्री अभावमा खोटाङकै साकेला गाउँपालिकामा समेत विद्युतीकरणको काममा असर पुगेको छ । तार अभावमा साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा, मात्तिम र खिदिमामा विद्युतीकरणको काम प्रभावित भएको हो । खिदिमामा ३० किलोमिटर तथा मात्तिम र बाँझेच्यानडाँडामा २२ किलोमिटर तार अभाव नहुँदा विद्युतीकरणको काम रोकिएको हो । प्राधिकरणका प्रदेश नम्बर १ प्रादेसिक कार्यालयका प्रमुख टेकनाथ तिवारीले सामान आउनेक्रम जारी भएकाले काम अघि बढ्ने बताए ।

    सम्बन्धित समाचार