Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    सरकार र प्रतिबन्धित विप्लव समूहबीच वार्ता जारी

    सरकार र प्रतिबन्धित विप्लव समूहबीच वार्ता जारी


    • बुधवार, फाल्गुण १९ २०७७

    • नेपाल वाइड


    सरकार र प्रतिबन्धित विप्लव समूहबीच वार्ता जारी

    काठमाडौं । सरकार र प्रतिबन्धित विप्लव समूहबीच वार्ता भइरहेको छ। हिजो एक चरण अनौपचारिक वार्ता गरेका दुवै पक्षका वार्ता टोली आज विहानैदेखि निरन्तर औपचारिक वार्तामा बसिरहेका छन् । स्रोतका अनुसार काठमाडौंकै एक सरकारी भवनमा कडा सुरक्षा घेराबीच वार्ता भइरहेको हो । वार्ता स्थल गोप्य राखिएको छ ।

    वार्ता भाँडिन सक्ने भएकाले एकैपटक निष्कर्षमा पुगेपछि मात्रै सार्वजनिक गर्ने तयारी गरिएको स्रोतको भनाइ छ । वार्तामा विप्लव समूहका मागमा छलफल भइरहेको छ । विप्लव समूहले प्रतिबन्ध फुकुवा हुनुपर्ने, पक्राउ परका आफ्ना नेता कार्यकर्ता रिहा हुनुपर्ने लगायतका माग अघि सारेको छ । 

    सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सम्मिलित दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो । त्यसलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएको थियो । 
    भूमिगत रहेको विप्लव समूहका वार्ता टोली हिजै कडा सुरक्षाका बीच काठमाडौं भित्रिएको हो । सिके राउतसँग जस्तै विप्लव समूहसँग पनि एकैपटक सहमति गरेर सार्वजनिक गर्ने गृहकार्यमा सरकारी वार्ता टोली लागेको स्रोतको दाबी छ । तराई मधेशलाई अलग्गै राज्य बनाउनुपर्ने भन्दै पृथकतावादी आन्दोलन गर्दै आएका सिके राउत सरकारसँग ११ बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा आएका थिए ।  

    सम्बन्धित समाचार