Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ताप्लेजुङका आगलागी पिडितलाई तत्कालका लागि १५ हजार वितरण गरिने

    ताप्लेजुङका आगलागी पिडितलाई तत्कालका लागि १५ हजार वितरण गरिने


    • मंगलवार, फाल्गुण १८ २०७७

    • नेपाल वाइड


    ताप्लेजुङका आगलागी पिडितलाई तत्कालका लागि १५ हजार वितरण गरिने

    ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागीबाट जलेर नष्ट भएका ४९ घर र त्यहाँ भाडामा बस्ने परिवारलाई गाउँपालिकाले राहत वितरण गर्ने भएको छ । आज स्थानीय भोला पौडेलको घरमा विद्युत शर्त भएर बिहान करिब ९ बजेबाट सुरु भएको आगलागी हुँदा क्षति पुगेको थियो ।

    ती परिवारलाई तत्कालका लागि नगद रु १५ हजार उपलब्ध गराउने तयारी भएको गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले जानकारी दिए ।उनका अनुसार आगलागीका कारण भएको प्रारम्भिक क्षतिको विवरण संकलन भएको र थप क्षतिको यकिन विवरण तयार पार्न ५ सदस्यीय कार्यदल समेत गठन गरिएको छ ।

    पीडितलाई आवासका लागि व्यवस्थापन गर्ने तयारी भइरहेको जनाइएको छ । विस्थापित परिवारको संख्या ठूलो भएकाले रेडक्रस, उद्योग वाणिज्य संघ लगायतका संघसंस्थासँग समन्वय गरिएको छ । त्कालका लागि केहीलाई दोभान बजारकै केही घरहरूमा र केहीलाई आठराई त्रिवेणी गाउँपालिका स्थित पाथीभरा मेमोरियल स्कुलमा बस्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

     

    सम्बन्धित समाचार