Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    ‘विप्लव’ समूहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा वार्ता टोली गठन

    ‘विप्लव’ समूहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा वार्ता टोली गठन


    • मंगलवार, फाल्गुण १८ २०७७

    • नेपाल वाइड


    ‘विप्लव’ समूहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा वार्ता टोली गठन

    काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपासँग वार्ता गर्न २ सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् ।

    सरकारका प्रवक्ता पार्वत गुरूङले वार्ता टोलीबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । विप्लव समूहले पनि छिटै वार्ता टोली गठन गर्ने र सरकारसँग वार्ता गर्ने उनले बताए । 

    सरकारले वार्ता टोली बनाए पनि विप्लव समूहमाथिको प्रतिबन्ध हटाएको छैन। आपराधिक क्रियाकलापमा सहभागी भएको भन्दै सरकारले २०७५ साल चैत्र २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो ।

    सम्बन्धित समाचार