Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सप्तरीमा बहुविवाहका अभियुक्तलाई कैद

    सप्तरीमा बहुविवाहका अभियुक्तलाई कैद


    • मंगलवार, फाल्गुण १८ २०७७

    • नेपाल वाइड


    सप्तरीमा बहुविवाहका अभियुक्तलाई कैद
    प्रतिकात्मक तस्बिर

    सप्तरी । बहुविवाहका आरोपित एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सोमबार अभियोग दाबी पुग्ने फैसला गर्दै सिरहाको लहान नगरपालिका–१८, भदैयाका ३४ वर्षीय विनोदकुमार चौधरीलाई उक्त सजाय ठहर गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

    चौधरीकी श्रीमती गयादेवी चौधरीले उनका श्रीमान् विनोदले सप्तरीको सुरुंगा नगरपालिका–५ की २८ वर्षीया फूलकुमारी चौधरीसँग बहुविवाह गरेको भन्दै वि.सं. २०७५ भदौ १४ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दर्ता गराएकी थिइन् । आरोपित विनोदले फूलकुमारीकै घरमा बहुविवाह गरेको भन्दै पीडितले उजुरी दिएपछि इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीले विनोदलाई ०७५ भदौ १५ गते पक्राउ गरेको थियो ।

    सप्तरी जिल्ला अदालतको आदेशमा आरोपित विनोद ०७५ असोज ११ गते ५० हजार रुपैयाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए । अर्का आरोपित फूलकुमारी हालसम्म पक्राउ परेकी छैनन् । उनको हकमा मुद्दा मुल्तबी राखिएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए । सामाजिक परम्पराअनुसार ०६५ मा विवाहिता पीडितको १० वर्षीया एक छोरी छिन् । रासस

    सम्बन्धित समाचार