Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    ईन्धन

    तेलको मूल्य २ रूपैयाँले बढ्यो

    तेलको मूल्य २ रूपैयाँले बढ्यो


    • सोमवार, फाल्गुण १७ २०७७

    • नेपाल वाइड


    तेलको मूल्य २ रूपैयाँले बढ्यो
    फायल तस्बिर

    काठमाडौं । नेपाली बजारमा तेल (पेट्रोल, डिजेल र मट्टीलेत) को मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिदमूल्य बढेर घाटा चुलिएपछि निगमले तेलको मूल्य बढाएको हो । समायोजित मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११६ रूपैयाँ पुगेको छ ।

    यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको ९९ रूपैयाँ पुगेको छ । निगमले ग्यासको मूल्य भने बढाएको छैन । नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रूपैयाँ ४२ पैसा घाटा छ । यस्तै डिजेलमा ६ रुपैयाँ ५६ पैसा र एलपी ग्यासमा ३९२ रूपैयाँ ८२ पैसा घाटा छ । निगमले हवाई इन्धनको मूल्य आन्तरिकतर्फ पाँच रूपैयाँ बढाएको छ । तेलको मूल्य समायोजनपछि पनि निगमलाई प्रतिपन्ध्र दिनमा एक अर्ब ३२ करोड रुपैयाँ घाटा छ । 

    सम्बन्धित समाचार