Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    दोर्पाचिउरीडाँडामाथि तीन वर्षे प्रतिवन्ध

    दोर्पाचिउरीडाँडामाथि तीन वर्षे प्रतिवन्ध

    रेफ्रीमाथि किन हुन्छ पटक–पटक हातपात !

    • सोमवार, फाल्गुण १७ २०७७

    • नेपाल वाइड


    दोर्पाचिउरीडाँडामाथि तीन वर्षे प्रतिवन्ध
    अन्तर वडा स्तरीय फुटबल प्रतियोगीता उद्घाटनकाक्रममा उपस्थित अतिथि लगायत

    खोटाङ । फागुन १७, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा आयोजना गरिएको मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडालाई तीन वर्षे प्रतिवन्ध लागेको छ ।

    रेफ्रीमाथि हातपात भएको विषयलाई लिएर प्रतियोगीताका आयोजक वडा कार्यालय लफ्याङ र नमुना स्पोर्टस क्लबले आफुद्धारा आयोजना हुने प्रतियोगीतामा दोर्पाचिउरीडाँडालाई तीन वर्षसम्मका लागि प्रतिवन्ध लगाउने निर्णय गरेको हो । दोर्पाचिउरीडाँडालाई मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगीतामा आगामी तीन वर्षसम्म खेल्न नपाउनेगरी प्रतिवन्ध लगाइएको लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए ।

    शनिबार भएको फाईनल खेलको समय गोलरहित सकिएपछि पेनाल्टी सुटआउटको चरणमा रेफ्रीमाथि हातपात भएपछि आयोजकले दोर्पाचिउरीडाँडालाई ‘डिस्क्वालीफाइड’ घोषणा गर्दै अर्का प्रतिष्पर्धी हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमलाई विजेता घोषणा गरेको थियो । एल्लो कार्ड पाइसकेका दोर्पाचिउरीडाँडाका एक खेलाडीले खेलको अन्तिम समयमा दुर्छिमका खेलाडीलाई हात हालेपछि रेफ्रीले रेडकार्ड दिन लाग्दा तिनै खेलाडीले रेफ्रीलाई दुव्र्यवहार गरेपछि मैदानमा तनावको स्थिति सिर्जना भएको थियो । 

    त्यसपछिको बाँकी समयमा पनि दुबै पक्षले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । तर पेनाल्टी सुटआउटको तयारीकाक्रममा दोर्पाचिउरीडाँडाका जोशीचन्द्र राईले मैदानमा प्रवेश गरेर रेफ्रीमाथि हात हालेपछि खेल अघि बढ्न नसकेको प्रतियोगीताका आयोजक नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष काजीमान राईले बताए । वडा कार्यालय लफ्याङ र नमुना स्पोर्टस क्लबले खेलाडीलाई अनुशासनको कारबाहीका लागि जिल्ला फुटबल संघलाई आग्रह गर्ने निर्णय गरेको जनाएको छ ।

    जिल्लामा भएका फुटबल प्रतियोगीतामा रेफ्रीमाथि हातपात हुँदा टिमलाई प्रतिबन्ध लागेको यो दोश्रो घट्ना हो । यसअघि बाक्सिला गोल्डकपको १० औं संस्करणकाक्रममा २०७५ साल चैत २५ गते रेफ्रीमाथि हातपात भएकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा खेलकुद समुह ११ र सो क्लवबाट खेल्ने खेलाडीलाई बाक्सिला फुटबल क्लवले आयोजना गर्ने जुनसुकै प्रतियोगीतामा एक वर्षसम्म सहभागी हुन प्रतिबन्ध लगाएको थियो ।

    वडा कार्यालय र स्थानीय नमुना स्पोर्टस क्लवले शुभेच्छुक तथा दाताबाट चन्दा उठाएरै ‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ भन्ने नारा सहित लफ्याङको छिवामा सर्वाधिक राशीको फुटबल प्रतियोगीता आयोजना गरेको हो । वडा कार्यालयको पहलमा स्थानीयले करिब ३० रोपनी जग्गा निःशुल्क दिएपछि खेलमैदान निर्माण लगत्तै सर्वाधिक राशीको फुटबल प्रतियोगीता आयोजना गरिएको थियो ।

    सम्बन्धित समाचार