Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    मझुवागढी रणजितमान अन्तर वडा स्तरीय फुटवलको फाईनल खेल आज

    मझुवागढी रणजितमान अन्तर वडा स्तरीय फुटवलको फाईनल खेल आज

    दुर्छिम र दोर्पाचिउरीडाँडाबिचमा प्रतिष्पर्धा हुँदै

    • आइतवार, फाल्गुण १६ २०७७

    • नेपाल वाइड


    मझुवागढी रणजितमान अन्तर वडा स्तरीय फुटवलको फाईनल खेल आज
    मझुवागढी रणजितमान राई खेलमैदानमा जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगीता 

    खोटाङ । फागुन १६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छिवामा जारी सर्वाधिक राशीको फुटबल प्रतियोगीताको फाईनल खेल आइतबार हुँदैछ । मझुवागढी रञ्जितमान राई खेलमैदानमा जारी मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगिताको फाइनल खेल दिउँसो १ बजेपछि हुने लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए ।

    प्रतियोगीताको विजेताका लागि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र दिक्तेल रुपाकोट मझुवागढी नगरपलिका–७ दोर्पाचिउरीडाँडाबिचमा प्रतिष्पर्धा हुँदै छ । शनिबार भएको सेमीफाइनल खेलमा खोटेहाङ गाउँपालिका–७ खोटाङबजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल सेमीफाइनलिष्ट बनेको छन् ।

    ‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ भन्ने नारा सहित वडा कार्यालय र स्थानीय नमुना स्पोर्टस क्लवको आयोजनामा गत सोमबार सुरु भएको मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगितामा २१ टिमले प्रतिष्पर्धा गरेका थिए । वडा कार्यालय र नमुना स्पोर्टस क्लबले शुभेच्छुक तथा दाताबाट चन्दा उठाएरै सर्वाधिक राशीको फुटबल प्रतियोगीता आयोजना गरेको हो । प्रतियोगिता प्रदेशसभा सांसद रामकुमार राई पासाङले उद्घाटन गरेका थिए ।

    प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद १ लाख ५५ हजार, दोश्रो स्थान प्राप्त गर्ने टिमले १ लाख १ हजार र सेमिफाइनलिस्ट दुई वटा टिमले ३१/३१ हजार नगद पुरस्कार पाउने छन् । यस्तै, प्रतियोगीताका उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड–फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५/५ हजार पुरस्कार प्रदान गरिने आयोजक नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष काजीमान राईले बताए । वडा कार्यालयको पहलमा लफ्याङ छिवामाका स्थानीयले १८ रोपनीभन्दा बढि जग्गा निःशुल्क दिएपछि खेलमैदान निर्माण लगत्तै सर्वाधिक राशीको फुटबल प्रतियोगीता आयोजना गरिएको हो ।

     

     

    सम्बन्धित समाचार