Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    झापामा ब्राउन सुगरसहित एक पक्राउ

    झापामा ब्राउन सुगरसहित एक पक्राउ


    • शनिवार, फाल्गुण १५ २०७७

    • नेपाल वाइड


    झापामा ब्राउन सुगरसहित एक पक्राउ
    प्रतिकात्मक तस्बिर

    झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मेचीनगर नगरपालिका ६ स्थित मेचीखोला ईलाकाबाट शुक्रवार सशस्त्र प्रहरी बलको टोलीले करीब ४ सय ५० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने हेमन्त खनाललाई पक्राउ गरेको हो ।

    सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस मेचीपुलबाट खटिएको एपीएफ टोलीले उनलाई उक्त ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको हो ।प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका खनाललाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो । ब्राउन सुगरसहित पक्राउ परेका हेमन्तलाई सशस्त्रले प्रहरीको जिम्मा लगाएको छ ।

    सम्बन्धित समाचार