Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    दुई दशकपछि खोटाङका अर्का प्रमुख सचेतक

    दुई दशकपछि खोटाङका अर्का प्रमुख सचेतक

    को हुन् नेकपाको प्रमुख सचेतक भट्टराई ?

    • शुक्रवार, फाल्गुण १४ २०७७

    • नेपाल वाइड


    दुई दशकपछि खोटाङका अर्का प्रमुख सचेतक
    संसद बिशाल भट्टराई

    खोटाङ । फागुन १४, खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई नेकपा (ओली समुह)को प्रमुख सचेतक मनोनित भएका छन् । प्रधानमन्त्री एबं अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संसदीय दलका प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर भट्टराईलाई मनोनयन गरेका हुन् ।

    नेकपाको संघीय संसदीय दलको विधान, २०७५ को दफा १३ बमोजिम भट्टराईलाई मूख्य सचेतक पदमा मनोनयन गरिएको जनाइएको छ । संसद पुःर्नस्थापनापछि प्रमुख सचेतकबाट गुरुङलाई हटाएर सो ठाउँमा भट्टराईलाई स्थान दिइएको हो । प्रमुख सचेतक मनोनित भएपछि अहिले भट्टराईलाई सामाजिक सञ्जालमार्फत बधाई दिनेको ओइरो लागेको छ ।

    २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका भट्टराई हाल नेकपाका केन्द्रीय सदस्य छन् । खोटेहाङ गाउँपालिका–७ खोटाङबजार घर भएका भट्टराईले २०३८ सालमा भगवती माबि खोटाङबजारमा अखिलको सदस्य बनेर राजनिती सुरु गरेका थिए ।

    २०३९ सालमा भगवती माबिको स्ववियू सदस्य निर्वाचित भट्टराई २०५१ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियू सभापति बनेका थिए । उनी विद्यार्थी राजनितीबाट राजनितीमा उदाएका हुन् । यसअघि २०५४ सालमा तत्कालिन नेकपा मालेको प्रमुख सचेतकमा खोटाङकै टंक राई चयन भएका थिए ।

    सम्बन्धित समाचार