Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

    फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय


    • शुक्रवार, फाल्गुण १४ २०७७

    • नेपाल वाइड


    फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं । मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    प्रतिनिधि सभा पुनर्स्थापनापछि शुक्रबार पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सर्वोच्चले मन्त्रिपरिषद्को सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिसभा विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन निर्देशनात्मक फैसला सुनाएको थियो ।

     

    सम्बन्धित समाचार