Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवासमा

    प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवासमा


    • बिहिवार, फाल्गुण १३ २०७७

    • नेपाल वाइड


    प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवासमा

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपपछि पहिलो पटक प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटन शीतल निवास पुगेका हुन् ।

    मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको थियो ।सर्वोच्चको आदेश अनुसार फाल्गुन २४ गतेभित्र संसद बैठक बोलाउनु पर्ने बाध्‍यतामा रहेका ओलीले यसैबारे छलफलका लागि गएको बुझिएको छ ।  भेटनमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

    अदालतको उक्त आदेशपछि बुधबार बसेको नेकपा ओली समूहको बैठकले संसद बैठक बोलाउने निर्णय पनि गरेको थियो । अहिले प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउने गृहकार्य गरेका छन् ।

    सम्बन्धित समाचार