Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    संसद पुःर्नस्थापनाको खुसीयालीमा जन्तेढुंगामा दिप प्रज्वलन

    संसद पुःर्नस्थापनाको खुसीयालीमा जन्तेढुंगामा दिप प्रज्वलन


    • बिहिवार, फाल्गुण १३ २०७७

    • नेपाल वाइड


    संसद पुःर्नस्थापनाको खुसीयालीमा जन्तेढुंगामा दिप प्रज्वलन
    संसद पुःर्नस्थापनाको खुसीयालीमा जन्तेढुंगामा दिप प्रज्वलन गर्दै नेकपाका नेता तथा कार्यकर्ता

    खोटाङ । फागुन १३, संसद पुःर्नस्थापनाको खुसीयालीमा खोटाङको जन्तेढुंगा गाउँपालिकामा दिप प्रज्वलन गरिएको छ । सर्वोच्च अदालतले विघटित संविधानसभा पुःर्नस्थापना गर्ने फैसला गरेको खुसीयालीमा नेकपा (दाहाल–नेपाल) जन्तेढुंगा गाउँ पालिका कमिटिले बिहिबार साँझ दिप प्रज्वलन गरेको हो । नेकपा (दाहाल–नेपाल) जन्तेढुंगा गाउँ पालिका कमिटिले चिसापानीबजारमा रहेको पार्टी कार्यालय अगाडि नेपालको नक्सा बनाएर २७५ वटा क्यान्डिल बालेका छन् ।

    २७५ जना संविधानसभा सदस्यको प्रतिककारुपमा त्यत्ती नै संख्याको क्यान्डिल बालिएको नेकपा (दाहाल–नेपाल) जिल्ला कमिटि सदस्य एबं जन्तेढुंगा गाउँ पालिकाका सह–ईन्चार्ज बिरबल किरातीले बताए । अगुवा कार्यकर्ता भेला तथा चियापान कार्यक्रमपछि नेकपा (दाहाल–नेपाल) समुहले साँझमा दिप प्रज्वलन गरेको हो ।

    दिप प्रज्वलनपछि भएको कोणसभामा नेकपा (दाहाल–नेपाल) जिल्ला कमिटि सदस्य एबं जन्तेढुंगा गाउँ पालिकाका सह–ईन्चार्ज किरातीले संसद पुःर्नस्थापनाले न्यायलयप्रतिको भरोसा बढाएको बताएका छन् । दिउँसो भएको अगुवा कार्यकर्ता भेलालाई भने नेकपा (दाहाल–नेपाल) जिल्ला कमिटि सदस्य कुमार राईले सम्बोधन गरेका थिए । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते विघटन गरेको संसदलाई सर्वोच्चले फागुन ११ गते पुःर्नस्थापना गर्नुपर्ने फैसला गरेको थियो ।



    सम्बन्धित समाचार