Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेकपा ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा जारी

    नेकपा ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा जारी


    • बुधवार, फाल्गुण १२ २०७७

    • नेपाल वाइड


    नेकपा ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा जारी
    फायल तस्बिर

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक शुरू भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको एक नेताले बताए ।

    बैठकमा संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थितिका विषयमा छलफल हुने बताइएको छ । जारी बैठकमा सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिएपछि अब के गर्ने भन्ने विषयमा छलफल हुने ती नेताले बताए ।

    नेकपाको अर्को समूह प्रचण्ड नेपाल समूहले अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग सहित दबाब दिएपछि प्रधानमन्त्री ओली दबाबमा छन् । यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीले राजीनामा नदिने तर संसदको सामना गर्ने बताएका छन् ।

     
     

    सम्बन्धित समाचार