Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    संसद पुःर्नस्थापना

    सर्वोच्चको फैसलापछि खोटाङका स्थानीय तहका प्रमुख/उपप्रमुखले के भने ?

    सर्वोच्चको फैसलापछि खोटाङका स्थानीय तहका प्रमुख/उपप्रमुखले के भने ?

    संसद पुःर्नस्थापनाको फैसला लगत्तै सामाजिक सञ्जालमार्फत ब्यक्त धारणा

    • मंगलवार, फाल्गुण ११ २०७७

    • नेपाल वाइड


    सर्वोच्चको फैसलापछि खोटाङका स्थानीय तहका प्रमुख/उपप्रमुखले के भने ?
    स्थानिय तहका प्रतिनिधि

    खोटाङ । फागुन ११, प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरिन् । संसद बिघटनले राष्ट्रिय राजनितीलाई पक्ष र विपक्षमा बिभाजन गर्‍यो । संसद विघटनकै कारण नेकपाको बिभाजन तल्लो कमिटिसम्म पुग्यो । विघटित संविधानसभा पुःर्नस्थापनाको माग गर्दै सर्वोच्चमा रिट परेपछि ‘फैसला कस्तो आउला’ भन्ने विषय सबैको प्रतिक्षाको विषय बनेको थियो ।

    यस बिचमा फैसलाका विषयमा अनेकन आँकलन हुँदै आएको थियो । अन्ततः मंगलबार साँझ सर्वोच्चले संसद पुःर्नस्थापना गर्ने फैसला गरेपछि सवैको जिज्ञासा हल गरिदिएको छ । संसद पुःर्नस्थापनाको सन्दर्भमा कतियले खुसीयाली मनाइरहेका छन् । कतिपयले सर्वोच्चको फैसलालाई अस्वभावित तर स्वीकार गर्नुपर्ने बताइरहेका छन् ।

    संसद पुःर्नस्थापनाको फैसला लगत्तै खोटाङका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले सामाजिक सञ्जालमार्फत आ–आफ्नो धारणा राखेका छन् । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र नेकपा (दाहाल–नेपाल समुह)मा लागेका जनप्रतिनिधिले संसद पुःर्नस्थापनालाई स्वागतयोग्य भनेका छन् भने नेकपा (ओली समुह)मा लागेका जनप्रतिनिधिले संसद पुःर्नस्थापनाबाट ‘मात्तिनु वा आत्तिनु’ पर्ने अवस्था नभएको प्रतिक्रिया जनाएका छन् ।

    नेकपा (ओली समुह)मा खुलेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले ‘न्यायलयले गरेको निर्णयलाई सबैले मानेर जानु पर्ने र मुलुकलाई थप जटिलतातर्फ लैजाने कोसिस कोहीकतैबाट गर्न नहुने’ सटिक भनाई राखेका छन् । सोही नगरपालिकाका उपमेयर बिणादेबी राईले भने फैसलाप्रति नआत्तिन र नमात्तिन आग्रह गरेकी छन् । ‘राजनीति हो । कोही पनि कमरेडहरु नआत्तिनु होला र कोही पनि नमात्तिनु होला,’ ओली समुहमा खुलेकी उपमेयर राईले लेखेकी छन्, ‘सर्वोच्चको निर्णयलाई सम्मान गरौँ, जे हुन्छ अब राम्रोको लागि हुन्छ ।’

    यस्तै, हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राईले सर्वोच्चको फैसलाले न्यायलयप्रतिको भरोसा थप चुलिएको बताएका छन् । ‘लोकतन्त्र र विधिको शासनमा आजसम्म कुनै प्रकारको सन्की, निरङकुशता र अधिनायकवाद टिक्न नसकी घुँडा टेकेको गर्विलो इतिहास हाम्रो सामु छ र आज त्यही ईतिहासको निरन्तरता सम्मानित सर्वोच्च अदालतले दिएको छ,’ कांग्रेसबाट निर्वाचित मेयर राईले लेखेका छन्, ‘जीत सत्य र न्यायको भएको छ, जीत तपाईँ हाम्रो भएको छ ! न्यायलयप्रतिको भरोसा थप चुलिएको छ ।’ हलेसी तुवाचुङकै उपमेयर बिमल राईले ‘त्यो ठुलो भिड काम लागेन, ताजा जनादेश अलि पर सरेको छ । न्याय बाँचेको मेरो देश’ लेखेका छन् ।

    यस्तै, साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले सर्वोच्चको फैसलाले जनताको जीत भएको बताएका छन् । ‘जे होस् न्याय मरेन । संसद पुःर्नस्थापना भयो । जनताको जीत हो यो,’ दाहाल–नेपाल समुहमा खुलेका खड्काले लेखेका छन्, ‘तर प्रतिगमनका मतियारहरुबाट अझ धेरै सचेत हुन जरुरी छ । र अग्रगामी पहल कदमी लिन जरुरी छ ।’

    बराहपोखरी गाउँपालिकाकी उपाध्यक्ष गोमा मगरले सर्वोच्चले हराएको केपी ओलीलाई हार्न नदिने बताएकी छन् । ‘कमरेड केपी ओलीलाई सर्वोच्चले हरायो त के भो, हामी कहिल्यै हार्न दिने छैनौं,’ ओली समुहमा खुलेकी मगरले भनेकी छन्, ‘उहाँ राजनीतिमा कहिल्यै हार्नुहुने छैन । अझै पनि भन्छु केपी ओली आई लभ यू ।’

    यस्तै, कांग्रेसबाट निर्वाचित दिप्रुङ चुईचुम्मा गाउँपालिकाकी उपाध्यक्ष सपना राईले ‘प्रम ज्यू, आज रात पर्‍यो । सडक अँध्यारो छ, सडक, पोल, भित्तामा टाँसेको तपाईको फोटोले उज्यालो दिँदैन रे । सडकमा भोली मात्र आउनु है’ भन्दै व्यंग्या गरेकी छन् ।

    सम्बन्धित समाचार