Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अदालतले संविधान समाप्त गर्ने षड्यन्त्र विस्थापित गर्‍यो : कांग्रेसका प्रवक्ता शर्मा

    अदालतले संविधान समाप्त गर्ने षड्यन्त्र विस्थापित गर्‍यो : कांग्रेसका प्रवक्ता शर्मा


    • मंगलवार, फाल्गुण ११ २०७७

    • नेपाल वाइड


    अदालतले संविधान समाप्त गर्ने षड्यन्त्र विस्थापित गर्‍यो  : कांग्रेसका प्रवक्ता शर्मा
    फायल तस्बिर

    काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसलाले संविधान समाप्त गर्ने षड्यन्त्र विस्थापित गरेको बताएका छन् ।

    उनले मंगलबार कांग्रेसको फेसबुक पेजमार्फत प्रतिक्रिया दिँदै अदालतको फैसलाले गलत मार्गमा हिँड्दै गरेको राजनीतिलाई सही मार्गमा ल्याउन योगदान गरेको बताए । अदालतको फैसला ऐतिहासिक र स्वागतयोग्य भएको उनको भनाइ छ । सर्वोच्चले मंगलबार प्रतिनिधिसभा विघटन बदर गरेको हो ।

    सम्बन्धित समाचार