Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    संसद पुनर्स्थापनाको फैसलाप्रति खुशी बाँडे नेकपा अध्यक्षद्वय दाहाल-नेपालले

    संसद पुनर्स्थापनाको फैसलाप्रति खुशी बाँडे नेकपा अध्यक्षद्वय दाहाल-नेपालले


    • मंगलवार, फाल्गुण ११ २०७७

    • नेपाल वाइड


    संसद पुनर्स्थापनाको फैसलाप्रति खुशी बाँडे नेकपा अध्यक्षद्वय दाहाल-नेपालले

    काठमाडौँ । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेको खुशीयालीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पत्रकार सम्मेलन गरेका छन् । दुवै नेताले संसद पुनर्स्थापनाको फैसलालाई जनताको जीत भनेका छन् । प्रचण्ड पुत्री गंगा दाहालले सामाजिक सञ्जालमा यी दुई तस्वीर राख्दै बधाई लेखेकी छिन् ।

    अध्यक्ष नेपालले सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला स्वागतयोग्य भएको बताउँदै जनताको जित भएको फेसबुकमा समेत लेखेका छन् । सर्वोच्चको निर्णय आएको केही समयमा नै उनले सामाजिक सन्जालमा यस्तो प्रतिक्रिया दिएका हुन् । ‘प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो ।,’ उनले लेखेका छन् ।

    उनले थपेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु । सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै ठाउँ-ठाउँमा दीप प्रज्ज्वलन गरिएको छ ।

    सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुशीयालीमा नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील लगायतले दीप प्रज्ज्वलन गरेका हुन् । उनीहरुले सम्मानित अदालतले स्वागत योग्य फैसला गरेको बताउँदै जनताको जित भएकोमा नाराबाजी गरेका छन् ।

    सम्बन्धित समाचार