Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दुई थुनुवा ‘प्रहरीको आँखा छलेर’ फरार

    दुई थुनुवा ‘प्रहरीको आँखा छलेर’ फरार


    • मंगलवार, फाल्गुण ११ २०७७

    • नेपाल वाइड


    दुई थुनुवा ‘प्रहरीको आँखा छलेर’ फरार
    प्रतिकात्मक तस्बिर

    विराटनगर । जिल्ला अदालत मोरङ परिसरबाट दुई थुनुवा ‘प्रहरीको आँखा छलेर’ फरार भएका छन् । लागुऔषध मुद्दामा सोमबार म्याद थप गर्न लगिएका मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी फरार भएका हुन् ।

    उनीहरुको खोजीलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । शेख आइतबार दिउँसो कटहरीबाट आठ ग्राम ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका थिए । चौधरी भने आइतबार विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल नामकको लागुऔषधसहित पक्राउ परेका थिए ।

    अदालतबाट म्याद थप भई फर्काएर प्रहरी कार्यालय ल्याउने तयारी गर्दैगर्दा उनीहरु हतकडीसहित फारर भएको बताइएको छ । सोमबार दिउँसो ३ः३० बजे प्रहरीले अदालत लगेकोमा उनीहरु अदालत परिसरबाटै भागेका हुन् । चियानास्ता खाने भनेपछि क्यान्टिन लगिएकोमा त्यहीँबाट भागेको बताइएको छ ।

    सम्बन्धित समाचार