Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    रतन्छाको विजयी सुरुवात

    मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय फुटवल उद्धघाटन

    मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय फुटवल उद्धघाटन

    मंगलबार खाल्ले र नुनथलाबिचमा पहिलो खेल हुने

    • सोमवार, फाल्गुण १० २०७७

    • नेपाल वाइड


    मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय फुटवल उद्धघाटन
    मझुवागढी रणजितमान राई खेलमैदानमा जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगीता । तस्बिर : नेपालवाइड डटकम

    खोटाङ । फागुन १०, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सुरु भएको सर्वाधिक राशीको फुटबल प्रतियोगीतामा साकेला गाउँपालिका–२ रतन्छाले विजयी सुरुवात गरेको छ । ‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ भन्ने नारा सहित वडा कार्यालय र स्थानीय नमुना स्पोर्टस क्लवको आयोजनामा सोमबार सुरु भएको मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा ‘ए’लाई ० का बिरुद्ध १ गोल गर्दै रतन्छाले विजयी सुरुवात गरेको हो ।

    पहिलो हाफ सुरु भएको ११ मिनेटमा जर्सी नम्बर ७ का खेलाडी बिनोज राईले गरेको एक गोलले नै रतन्छालाई विजयी गराएको हो । सो खेलमा रतन्छाका बिक्रम लिम्बू मेन अफ दि म्याच भएका छन् । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने फुटवल प्रतियोगिता प्रदेशसभा सांसद रामकुमार राई पासाङले उद्घाटन गरेका थिए ।

    Opaning Program Lafyang.jpg

    फुटवल प्रतियोगिताको उद्धघाटन कार्यक्रमका अतिथिहरु तस्बिर : नेपालवाइड

    उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, साकेला गाँउपालिकाका अध्यक्ष अर्जुन खड्का झंन्कार, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायण प्रसाद चिमोरियालगायतको उपश्थिती रहेको थियो । मंगलबार बिहान १२ बजेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाबिचमा पहिलो खेल हुने आयोजकले जनाएको छ ।

    प्रतियोगीतामा २१ टिमले प्रतिष्पर्धा गर्ने आयोजक नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष काजीमान राईले बताए । नमुना स्पोर्टस क्लबले शुभेच्छुक तथा दाताबाट चन्दा उठाएरै सर्वाधिक राशीको फुटबल प्रतियोगीता आयोजना गरेको हो । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद १ लाख ५५ हजार, दोश्रो स्थान प्राप्त गर्ने टिमले १ लाख १ हजार र सेमिफाइनलिस्ट दुई वटा टिमले ३१/३१ हजार नगद पुरस्कार पाउने छन् ।

    यस्तै, प्रतियोगीताका उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड–फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५/५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । वडा कार्यालयको पहलमा स्थानीयले १८ रोपनीभन्दा बढि जग्गा निःशुल्क दिएपछि लफ्याङको छिवामा खेलमैदान निर्माण सुरु गरिएको हो । वडा कार्यालयको १२ लाख ७० हजारको खर्चमा २०७६ साल जेठ ७ गते शिलान्यास गरिएको खेलमैदानको अधिकांश भाग सम्याउने काम सम्पन्न भइसकेको छ । १२० मिटर लम्बाई र ८० मिटर चौंडाई हुने मझुवागढी रणजितमान राई खेलमैदानको डिपिआर तयार पारिसकिएको वडाध्यक्ष निर्मल राईले बताए ।

    Ramkumar Rai Pasang.jpg

    फुटवल प्रतियोगिताको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै प्रदेश सांसद राम कुमार राई पासाङ तस्बिर : नेपालवाइड

    खेलमैदानमा करिब ४० जना अट्ने मञ्च, रातका समयमा पनि खेल सञ्चालन गर्न सकिने विद्युतको व्यवस्था, बस, कार तथा मोटरबाईक पार्किङ स्थल, गेष्ट रुम, च्याञ्जिङ रुम, वेटिङ रुम सहितको घर, सामान्य तथा भिआइपी शौचालय, पिउने पानीको धारा लगायतको संरचना निर्माण गर्नेगरी डिपिआर तयार पारिएको वडाध्यक्ष राईले बताए । आरसिसि कन्सल्ट प्रालिले दर्शक बस्ने स्टेडियम सहितको खेलमैदान २० करोड ९९ लाख ७० हजार २९३ रुपैयाँमा तयार हुने डिपिआर तयार पारेको छ ।

    सम्बन्धित समाचार