Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सुरक्षा

    खोटाङमा पनि अब अनावश्यक रुपमा हर्न बजाउन नपाईने

    खोटाङमा पनि अब अनावश्यक रुपमा हर्न बजाउन नपाईने

    जथाभावी हर्न नबजाउनका लागि ट्राफिक प्रहरीको अभियान

    • सोमवार, फाल्गुण १० २०७७

    • नेपाल वाइड


    खोटाङमा पनि अब अनावश्यक रुपमा हर्न  बजाउन नपाईने

    खोटाङ । फागुन १०, जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले अनावश्यक हर्न नबजाउनका लागि सचेतनामुलक अभियान चलाएको छ । कतिपय अनावश्यक ठाउँमा पनि चालकले हर्न बजाएर ध्वनी प्रदूषण गराएको भन्दै ट्राफिक प्रहरीले सोमबार सचेतनामुलक कार्यक्रम गरेको हो । ट्राफिक प्रहरीको टोलीले बस, ट्रक, जीप लगायतका चालकलाई भेटेर अनावश्यक ठाउँमा हर्न नबजाउनका लागि आग्रह गरेको छ ।

    चालकलाई एप्रोन अनिवार्य लगाउन र जथाभावी हर्न नवजाउनका लागि सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरिक्षक नरेन्द्र पौडेलले बताए ।

    ट्राफिक प्रहरीले दिक्तेल, हलेसी, अर्खौले र नुनथलामा हर्न विरुद्ध सचेतनामुलक कार्यक्रम गरेको हो । प्रदेश नम्बर १ लाई २०७४ सालमा हर्न निषेधित क्षेत्र घोषणा गरिएको अवस्थामा ट्राफिक प्रहरीले जथाभावी हर्न नबजाउनका लागि अभियान चलाएको जनाएको छ ।

    सम्बन्धित समाचार