Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला साहित्य

    लफ्याङमा सांगीतिक धमाका मच्याउँदै ‘राई इज किङ’ राजेशपायल राई

    लफ्याङमा सांगीतिक धमाका मच्याउँदै ‘राई इज किङ’ राजेशपायल राई

    सांगीतिक प्रस्तुतीका लागि राजेशपायल राई गृहजिल्ला खोटाङमा

    • आइतवार, फाल्गुण ९ २०७७

    • नेपाल वाइड


    लफ्याङमा सांगीतिक धमाका मच्याउँदै ‘राई इज किङ’ राजेशपायल राई
    नेर्पामा स्वागत ग्रहणपछि गायक राजेशपायल राईलगायत

    खोटाङ । फागुन ९, सांगीतिक प्रस्तुतीका लागि चर्चित गायक राजेशपायल राई गृहजिल्ला खोटाङ आइपुगेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा आइतबारदेखि सुरु हुने मझुवागढी रणजितमान राई अन्तर वडा स्तरिय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगिताको उद्घाटनकाक्रममा स्टेज पर्फमेन्सका लागि मेगास्टार राई खोटाङ आइपुगेका हुन् ।

    ‘राई इज किङ’को उपाधि पाएका गायक आईतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित होमस्टेमा पुगेका छन् । लफ्याङ (खोटाङ)मा हुने सांगीतिक कार्यक्रम मेगास्टार राईको कोभिड–१९ को महामारीपछिको पहिलो भएको बताइएको छ । नेर्पामा पुगेका मेगास्टार राईले अर्का गायक रेवत राई, बिश्व लिम्बू लगायतसँग खुट्टा उचालेर रमाईलो गर्दै खिचेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएको छ ।

    गायक राईले गत फागुन ४ गते सामाजिक सञ्जालमा ‘म आउँदैछु है आशिरवाद थाप्न...फागुन १० ! मझुवागढी लफ्याङमा’ लेखेका थिए । नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा व्यस्त गायक राईको कोभिड–१९ का कारण स्थगित भएका कन्सर्ट गृहजिल्लाबाट सुचारु हुन लागेको बताइएको छ । लकडाउन अघि धरान तताएका गायक राईका त्यसपछिका कन्सर्टका कार्यक्रम स्थगित छ ।

    लफ्याङमा निर्माणाधिन मझुवागढी रणजितमान राई खेलमैदानमा सञ्चालन हुने कार्यक्रममा गायक रेवत राई, गायिका बविना किराती, सागर संसार राई, सुमन सरगम, रश्मी राई लगायतका कलाकारको पनि प्रस्तुती रहने आयोजक नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष काजीमान राईले बताए ।

    सम्बन्धित समाचार