Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    १० लाख डोज खोप  नेपाल आइपुग्यो

    १० लाख डोज खोप  नेपाल आइपुग्यो


    • आइतवार, फाल्गुण ९ २०७७

    • नेपाल वाइड


    १० लाख डोज खोप   नेपाल आइपुग्यो

    काठमाण्डौ । भारतसँग खरीद गरिएको कोरोना भाइरसविरुद्धको २० लाख डोजमध्ये १० लाख डोज खोप काठमाडौं आइपुगेको छ ।  भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप त्रिभुवन विमानस्थलबाट भण्डारणका लागि सीधै टेकुस्थित कोल्डरुममा लगिएको छ ।

    ५ फागुनमा सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप किन्ने सहमति भएकोमा आइतबार एयर इन्डियाको दिल्ली–काठमाडौंको दिउँसोको उडानमार्फत १० लाख डोज खोप ल्याइएको हो । आएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्ला स्वास्थ्य कार्यालय हुँदै खोप केन्द्रमा लगिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    २३ फागुनदेखि ५५ वर्ष माथिका नागरिकलाई खोप लगाइनेछ । सम्झौता बमोजिमको बाँकी खोप उत्पादकसँगको सहमतिमा स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिका अनुसार चाँडै आइपुग्ने मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार