Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    भारतबाट १० लाख डोज कोरोनाको खोप ल्याइँदै

    भारतबाट १० लाख डोज कोरोनाको खोप ल्याइँदै


    • शनिवार, फाल्गुण ८ २०७७

    • नेपाल वाइड


    भारतबाट  १० लाख डोज कोरोनाको खोप ल्याइँदै
    फायल तस्बिर

    काठमाडौँ । सरकारले आइतबार कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप ल्याउने भएको छ । आइतबर एयर इन्डिया दिल्ली-काठमाडौंको दिउँसो साढे १ बजेको उडानमार्फत सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित कोभिसिल्ड खोप प्राप्त हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेअनुरुपको पहिलो चरणमा सो खोप आइतबार ल्याउन लागेको जानकारी दिएको हो ।

    खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

    सम्बन्धित समाचार