Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    प्रधानमन्त्री केपी ओलीविरुद्ध विराटनगरमा जुलुस

    प्रधानमन्त्री केपी ओलीविरुद्ध विराटनगरमा जुलुस


    • शनिवार, फाल्गुण ८ २०७७

    • नेपाल वाइड


    प्रधानमन्त्री केपी  ओलीविरुद्ध विराटनगरमा जुलुस

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विराटनगरमा जुलुस निकालिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले आज विराटनगरमा गर्न लागेको बृहत जनप्रदर्शनका क्रममा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

    ओली पक्षको जनसभामा सहभागी हुन निस्किएको हजारौँ सहभागी जुलुसमा जिन्दावादको नारा लागेको छ भने प्रचण्ड–माधव पक्षले मुर्दावादको नारा लगाएका छन् । प्रचण्ड–माधव पक्षका कार्यकर्तालाई सुरक्षाकर्मीले अवरोध गरेको छ । ओली पक्षले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमको पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको जनाएको छ ।

    विराट नर्सिङ होमका पूर्वतर्फको मैदानमा ओली पक्षले आयोजना गरेको सभामा दुई लाख जनता उतार्ने बताइएको छ । (प्रचण्ड–माधव) समूहका विधार्थी तथा कार्यकर्ताले कालो झण्डा देखाका छ्न । विद्यार्थी र कार्यकर्ताहरुले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्ट मोडमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड तथा दमन गरेको भन्दै नाराबाजी गरेका छन ।

    सम्बन्धित समाचार