Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियो

    प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियो

    १० गतेभित्र बहस नाेट बुझाउन आग्रह

    • शुक्रवार, फाल्गुण ७ २०७७

    • नेपाल वाइड


    प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियो
    फायल तस्बिर

    काठमाण्डौ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा गत माघ ४ गतेदेखिको बहस सकिएको छ। प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सुझाव दिन गठन गरिएको ‘एमिकस क्युरी’ सदस्य वरिष्ठ अधिवक्ता गीता पाठककाे बहस सकिएसँगै संसद विघटन मुद्दामा बहस सकिएको हो ।

    बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फागुन १० गतेभित्र बहस नोट बुझाउन कानुन व्यवसायीलाई आग्रह गरेका छन् । उनकाअनुसार १० गतेपछि गतेपछि मुद्दा हेर्दाहेर्दैमा जान सक्नेछ । गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा निवेदनमाथि माघ ४ गते देखि आजसम्म सर्वोच्चको ५ सदस्यीय संवैधानिक इजलासमा नियमित सुनुवाइ भएको थियो ।

    सम्बन्धित समाचार