Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थ व्यवस्था

    पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्यो


    • मंगलवार, फाल्गुण ४ २०७७

    • नेपाल वाइड


    पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्यो
    फायल तस्बिर

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । यसअघि माघ २८ गते  पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्य वृद्धि गरेको निगमले पुनः आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको हो । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । 

    बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको प्रवक्ता उपाध्यायले जनाए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको भाउ बढेर घाटा चुलिएको बताउँदै निगमले मुल्य समायोजन गरेको जनाएको छ । 

    सम्बन्धित समाचार