Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो २ बजे बस्दै

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो २ बजे बस्दै


    • मंगलवार, फाल्गुण ४ २०७७

    • नेपाल वाइड


    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो २ बजे बस्दै
    फायल तस्बिर

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो २ बजे बस्दैछ । कांग्रेसले २०७७ फागुन ७ गतेदेखि १० गते सम्मका लागि आह्‍वान गरेको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्य समितिको बैठक बस्न लागेको बताए । बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशील सदस्यता वितरणलगायत विषयमा भएको प्रगतिका सम्बन्धमा पनि छलफल हुने बताए ।

    संसद् विघटनसम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि मात्रै नयाँ मिति तय गर्ने अथवा अगाडि तय गर्ने भन्ने सम्बन्धमा छलफल हुने प्रवक्ता शर्माले बताए ।

    यस्तै गत पुस ५ गते बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संसद् विघटनलाई अवैधानिक, अलोकतान्त्रिक एवं राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णयअनुसार विभिन्न कार्यक्रम गरेको र ती कार्यक्रमको समीक्षासमेत बैठकमा हुने प्रवक्ता शर्माले बताए ।

    सम्बन्धित समाचार