Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला साहित्य

    परिच्छेद सेनको निर्देशनमा “प्रेमगन्ज” घोषणा

    परिच्छेद सेनको निर्देशनमा “प्रेमगन्ज” घोषणा


    • आइतवार, फाल्गुण २ २०७७

    • नेपाल वाइड


    परिच्छेद सेनको निर्देशनमा “प्रेमगन्ज” घोषणा

    काठमाण्डौ । बिगत २५ बर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु अब निर्माता बन्ने भएका छन् । उनले प्रेम दिबसको अवसर पारेर आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत चलचित्र “प्रेमगन्ज”को औपचारिक घोषणा गरेका छन् । चलचित्र पूर्ण त प्रेमकथामा आधारित हुने बताइएको छ ।

    राजु अहिले एक भोजपुरी चलचित्रका निम्ति ईन्डियामा छन् । उनले सगुन देखि “ए मेरो हजुर ३” सम्म आउदा लगभग तिन सय बढी चलचित्रमा काम गरिसकेका छन् । उनि यो चलचित्र क्षेत्रमा पाईला राख्दा जम्मा ११ बर्षका थिए ।

    Premganja.jpg

    आफ्नो जीबनको आधि हिस्सा चलचित्र क्षेत्रलाई दिएका राजुलाई अब चलचित्र क्षेत्रले के दिन्छ रु त्यो भने अब हेर्न बाकीं छ । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । यस चलचित्रका कलाकार भने फाइनल हुन बाँकी रहेका छन् । यो चलचित्र “चलचित्र चौतारी” को ब्यानरमा निर्माण हुन लागेको हो ।

    सम्बन्धित समाचार