आइतवार, फाल्गुण २ २०७७
नेपाल वाइड
काठमाडौं । बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले न्यायको याचना गरेकी छिन् । आफूलाई विनयजंग बस्नेतले युटुबमार्फत धम्की दिनुका साथै चरित्र हत्या गरेको भन्दै उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’समक्ष शान्ति सुरक्षासहित न्यायको माग गरेकी हुन् ।
आइतबार प्रहरीमा जाहेरी दिनु पहिले सपनाले गृहमन्त्री बादललाई भेट गरी शान्ति सुरक्षाका साथै न्याय दिन माग गरेकी हुन । नेपाल मगर संघका अगुवा नेताहरुका साथमा गृहमन्त्री समक्ष पुगेकी सपनाले आफूलाई सामाजिक सञ्जाल मार्फत बस्नेतले धम्की दिएको तथा आफ्नो चरित्र हत्या गरेको बताएकी छिन् ।