Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेकपाको ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै

    नेकपाको ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै


    • शनिवार, फाल्गुण १ २०७७

    • नेपाल वाइड


    नेकपाको ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै
    फायल तस्बिर

    काठमाडौँ । नेकपाको ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दैछ । नेकपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा हुने सभामा अध्यक्ष ओलीलगायतका शीर्ष नेताले सम्बोधन गर्नेछन् । सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ ।

    माघ २८ मा दाहाल-नेपाल समूहले काठमाडौँमा शक्ति प्रदर्शन गरेकै दिन मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्चालमा एकै प्रदेशको विशाल सभा कस्तो हुन्छ हेर्न बुटवल आउनु भन्दै कटाक्ष गरेका थिए । मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुने सभाअघि र्‍यालीले नगर परिक्रमा गर्नेछ ।

    सभामा रूपन्देही जिल्लाबाट मात्रै एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेका मुख्यमन्त्री पोखरेलले बताएका छन् । पुस ५ मा प्रतिनिधिसभा विघटनपछि नेकपा विभाजित छ । 

    सम्बन्धित समाचार