Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला साहित्य

    साहित्यकार एबं पत्रकार श्रीरामलाई संसाक भवानी–शंकर लघुकथा सम्मान

    साहित्यकार एबं पत्रकार श्रीरामलाई संसाक भवानी–शंकर लघुकथा सम्मान


    • शनिवार, फाल्गुण १ २०७७

    • नेपाल वाइड


    साहित्यकार एबं पत्रकार श्रीरामलाई संसाक भवानी–शंकर लघुकथा सम्मान
    संसाक सम्मान एबं पुरस्कार समर्पण समारोहमा सम्मानित व्यक्तीहरु

    खोटाङ । माघ ३०, खोटाङका साहित्यकार एबं पत्रकार श्रीराम राईले संसाक भवानी–शंकर लघुकथा सम्मान पाएका छन् । नेपाली वाङ्मय जगतमा आख्यान विद्याको साथै साहित्यिक पत्रकारिताको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै राईलाई संसाक भवानी–शंकर लघुकथा सम्मान प्रदान गरिएको हो ।

    लुनार बोर्डिङ स्कुल टोखा, काठ्माण्डौंमा शुक्रबार भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यपक जगत उपाध्यय प्रक्षितले राईलाई सम्मान–पत्र प्रदान गरेका हुन् । संसाक मासिक काठ्माण्डौंले प्रदान गर्ने संसाक भवानी–शंकर लघुकथा सम्मान यसपल्ट नागरिक दैनिकमा कार्यरत पत्रकार एबं साहित्यकार राईले पाएका हुन् ।

    १० वर्षे शिक्षण पेशा छाडेर काठ्माण्डौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका राईको बालकथा संग्रह ‘टोली नेता’ २०७५, ‘आजका लघुकथा संयुक्त लेखन’ २०७४ लगायतका कृति प्रकाशित छन् । बिशेषगरी बालकथामा दख्खल राख्ने राई लघुकथा, हाईकु, मुक्तक, गजल र कवितामा पनि उत्तिकै शसक्त छन् ।

    संसाक मासिकले रामप्रसाद पन्त (काठ्माण्डौं)लाई संसाक यात्री नियात्रा सम्मान, सरिता अर्याल (खोटाङ)लाई संसाक बहु–प्रतिभा साहित्य सम्मान, ध्रुवकृष्ण ताम्राकार (पनौती)लाई संसाक तेज–शोभा गीत/गजल सम्मान, सरस्वती चिमोरिया (काभ्रे)लाई संसाक खड्गध्वज(बलराम)–गङ्गादेवी सिग्देल लेख/रचना सम्मान र वासुदेव गुरागाई (नुवाकोट)लाई संसाक अनामणि समीक्षा सम्मान प्रदान गरेको छ ।

    यस्तै, राजेन्द्र घिमिरे सागर (नुवाकोट)लाई संसाक भद्रकुमारी के.सी. मुक्तक/हाइकु सम्मान, सदीक्षा वाग्ले (काठमाडौँ)लाई संसाक कौशिक बालप्रतिभा सम्मान, निबन्ध आचार्य (काठमाडौं)लाई संसाक शुक्रमाया–मन्दिर जङ्ग राई स्मृति साहित्य पत्रकारिता सम्मान र प्राज्ञ मायाँ ठकुरी (ललितपुर)लाई संसाक गोपालराज–मैयादेवी पाण्डे स्मृति सम्मान प्रदान गरिएको संसाक मासिकले जनाएको छ । संसाक सम्मान एबं पुरस्कार समर्पण समारोहमा भवानी मैयाँ पन्तको कविता संग्रह ‘देश रोएकोबेला’को लोकार्पण गरिएको छ ।

    सम्बन्धित समाचार