शुक्रवार, माघ ३० २०७७
नेपाल वाइड
खोटाङ । माघ ३०, खोटाङको दिक्तेलमा सञ्चालित ज्योती बिकास बैंकले जिल्ला अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ । ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत राष्ट्रिय आविस्कार केन्द्रसँगको सहकार्यमा ज्योती बिकास बैंकले जिल्ला अस्पताललाई एक थान बेबी वार्मर प्रदान गरेको हो । नवजात शिशुलाई न्यानो बनाएर राख्नका लागि बेबी वार्मरको प्रयोग गरिन्छ ।