शुक्रवार, माघ ३० २०७७
नेपाल वाइड
काठमाडौँ । बजाज मोटरसाइकलको सबै भेरियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मूल्य घटेको छ । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बिक्री गर्दै आएको पल्सर १५० को मूल्य घटाएको छ । नेपालमा बिक्री हुने १५० सीसी सेग्मेन्टमा बजाज पल्सर १५० को हिस्सा करिब ५० प्रतिशत रहेको छ ।
यस्तोमा कम्पनीले यसको मूल्य घटाएर बजारमा आफ्नो पकड अझै बलियो बनाउन चाहेको देखिन्छ । कम्पनी व्यवस्थापनका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार नै यस वर्ष धेरै मूल्य बढाउनु पर्ने अवस्था आए पनि उत्पादक कम्पनीसँग नै पहल गरेर पल्सर १५० मा मूल्य घटाइएको हो ।
यसअघि २ लाख ६५ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको पल्सर १५० अब नयाँ मूल्य अनुसार २ लाख ६३ हजार ९०० रुपैयाँ तोकेर बिक्री वितरण सुरु भएको छ । यस्तो छ पल्सर १५० सन् २००१ मा नेपाल आएको पल्सर १५० डिजाइनको कारण नै निकै चर्चामा रहन सफल भएको थियो । कम्पनीले हरेक वर्ष यसको डिजाइनमा केहि न केहि परिमार्जन गर्दै आइरहेको छ ।