Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सहयोगी भावना

    पत्रकारको पुरस्कारबाट टुहुरा बालबच्चालाई शैक्षिक सामग्री

    पत्रकारको पुरस्कारबाट टुहुरा बालबच्चालाई शैक्षिक सामग्री

    बालबच्चाको संरक्षण, पालनपोषण र शिक्षादिक्षाका लागि आवश्यक सहयोग गर्न आग्रह

    • बिहिवार, माघ २९ २०७७

    • नेपाल वाइड


    पत्रकारको पुरस्कारबाट टुहुरा बालबच्चालाई शैक्षिक सामग्री
    पत्रकार कृष्णकला राईले पठाएको रकमबाट शैक्षिक सामग्री प्रदान गर्दै आफ्नो एफएम ओखलढुंगाकी स्टेसन मेनेजर बिनुमायाँ राई 

    खोटाङ । माघ २९, खोटाङकी पत्रकार कृष्णकला राईले पुरस्कार स्वरुप पाएको रकमबाट टुहुरा वालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेकी छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको गत माघ २५ गते सम्पन्न नवौं साधारणसभामा क्रियासिल पत्रकारिता पुरस्कार स्वरुप दुई हजार पाँच सय रुपैयाँ पाएकी पत्रकार राईले बाबुआमा बिहिन बनेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका रविन सार्की, संगीता सार्की र सविन सार्कीलाई झोला, कापी र डटपेन प्रदान गरेकी हुन् ।

    पत्रकार राईले आइएमई गरेर पठाएको सहयोग रकमबाट आफ्नो एफएम ओखलढुंगाकी स्टेशन मेनेजर बिनुमायाँ राईले बिहिबार झोला, कापी र डटपेन खरिद गरेर टुहुरा वालबच्चालाई हस्तान्तरण गरेकी छन् । आगलागीमा घाईते भएकी आमा निरु सार्कीको उपचारकाक्रममा मृत्यु भएको तथा केही समयपछि बेपत्ता भएका बाबुको जंगलमा कंकाल फेला परेपछि अभिभावक बिहिन अवस्थामा दिनचर्य विताइरहेका अनाथ वालबालिकाको सहयोगमा पुरस्कार रकम खर्च गरिएको पत्रकार राईले बताईन् ।

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको सदस्य रहेकी राई खोटाङखबर साप्ताहिक, खोटाङटुडे डटकम लगायतका सञ्चार माध्यमममा आवद्ध छिन् । साविकको थाक्ले–२ का रविन, संगीता र सविनको आमा निरुको आगलागीमा घाईते भएको अवस्थामा उपचारकोक्रममा सामुदायीक मिसन अस्पताल ओखलढुंगामा २०७४ साल चैत २१ गते मृत्यु भएको थियो ।

    help for tuhura by krishnakala photo_khotang.jpg

    बाबुआमा बिहिन बनेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका रविन सार्की, संगीता सार्की र सविन सार्की

    यस्तै, २०७६ साल मंसिर ९ गतेदेखि बेपत्ता भएका बाबु लिले सार्कीको कंकाल २०७७ साल कात्तिकमा घाँसदाउरा गएका स्थानीयले फेला पारेका थिए । तीन बालबच्चाको संरक्षण, पालनपोषण र शिक्षादिक्षाका लागि आवश्यक सहयोग गर्न मानेभञ्ज्याङ गाउँपालिकाको आग्रहमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सिफारिस दिइसकेको छ ।

    १४ वर्षका रविन कक्षा ६ मा, १२ वर्षकी संगीता कक्षा ५ मा र १० वर्षका सविन कक्षा २ मा अध्ययनरत छन् । काँधमा घरको अभिभावकत्वको दायीत्व आएपछि पढाई छाडेका रविन आफ्नो एफएमकी स्टेसन मेनेजर राई लगायतको प्रोत्साहनमा पुःन हप्ता दिन अघिदेखि विद्यालय जान थालेका छन् ।

    बाबुआमा गुमाएपछि अनाथ बनेका बालबच्चाको अवस्था दयनीय बनेको छ । वालबच्चाको पालन पोषण, शिक्षादिक्षा तथा संरक्षण गर्ने कोही अभिभावक नभएकाले दीर्घकालिन आवास र शिक्षादिक्षा व्यवस्थापनको लागि मानेभञ्ज्याङ गाउँपालिकाको सिफारिसको आधारमा ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी मनिता कार्कीले माघ १४ गते आवश्यक सहयोगका लागि सिफारिस दिइसकेका छन् ।

    सम्बन्धित समाचार