Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दाङमा भाइले चलाएको गोली लागेर दाइको मृत्यु

    दाङमा भाइले चलाएको गोली लागेर दाइको मृत्यु


    • बिहिवार, माघ २९ २०७७

    • नेपाल वाइड


    दाङमा भाइले चलाएको गोली लागेर दाइको मृत्यु
    सांकेतिक तस्बिर

    दाङ । दाङमा गोली लागेर एकजनाको मृत्यु भएको छ । गोली लागेर जिल्लाको गढवा गाउँपालिका २ का ३९ वर्षीया इन्द्रबहादुर राणा थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    प्रहरीका अनुसार जिल्लाको गढवा गाउँपालिका २, चिमचिमे तिलतिलेका २७ वर्षीय सूर्यबहादुर राणा थापामगर र उनका दाजु ३९ वर्षीय इन्द्रबहादुरको सिकार खेल्न जंगलमा गएका बेला भाइले चलाएको गोली लागेर दाजु इन्द्रबहादुरको मृत्यु भएको हो । दाजुको मृत्यु भएपछि भाइ सूर्यबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    सम्बन्धित समाचार