Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेतृ रामकुमारी झाँक्री बालुवाटारकै दबाबमा पक्राउ, बालुवाटारकै निर्देशनमा रिहाई भईन्

    नेतृ रामकुमारी झाँक्री बालुवाटारकै दबाबमा पक्राउ, बालुवाटारकै निर्देशनमा रिहाई भईन्


    • बिहिवार, माघ २९ २०७७

    • नेपाल वाइड


    नेतृ रामकुमारी झाँक्री बालुवाटारकै दबाबमा पक्राउ, बालुवाटारकै निर्देशनमा रिहाई भईन्
    रिहाईपछि नेतृ रामकुमारी झाँक्री

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री निवास बालुवाटारको निर्देशनपछि रिहा गरिएको खुलेको छ । प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरी उच्च नेतृत्वलाई प्रधानमन्त्री निवास बालुवाटारबाट लगातार दबाब आएको थियो । 

    प्रहरीले केहीदिन पक्राउ गर्न नहुने सन्देश पठाइरहेको भए पनि बुधबार बेलुका ‘जसरी पनि पक्राउ गर्न निर्देशन दिएको’ स्रोत बताउँछ । “बालुवाटारकै दबाबमा पक्राउ गरिएको हो,” स्रोतले भन्यो, “चौतर्फी दबाबपछि बालुवाटारबाटै रिहा गर्न निर्देशन आएको थियो ।”

    रिहाईपछि नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका ‘भजन मण्डली’को पतन निश्चित भएको बताएकी छिन् । रिहाइसँगै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले राजनीतिक प्रतिशोधका कारण आफूलाई नियन्त्रणमा लिने प्रयास गरेको बताउँदै प्रधानमन्त्री ओलीको पतन निश्चित भएको बताएकी हुन ।

    सम्बन्धित समाचार