Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    सर्वोच्च अदालतमाथि नेपाली कांग्रेसको पूर्ण समर्थन र विश्वास छ : गगन थापा

    सर्वोच्च अदालतमाथि नेपाली कांग्रेसको पूर्ण समर्थन र विश्वास छ : गगन थापा


    • बिहिवार, माघ २९ २०७७

    • नेपाल वाइड


    सर्वोच्च अदालतमाथि नेपाली कांग्रेसको पूर्ण समर्थन र विश्वास छ : गगन थापा
    फायल तस्बिर

    विराटनगर । माघ । २९ नेपाली कांग्रेसका युवा नेताहरुले राष्ट्रपति व्यक्ति नभएर संस्था भएकाले गलत काम गरे त्यसबारे विरोध हुने बताएका छन् । विराटनगरमा बिहीबार नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको वर्तमान राजनीतिक अवस्था, संवैधानिक संकट, यसको निकास र आजको आवश्यकता विषयक विचार गोष्ठीमा बोल्ने अधिकांशले सरकारको कदम प्रतिगामी र असंवैधानिक भएको बताए ।

    कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अदालतको साँघुरो किल्लाभित्र न्यायको हत्या नगर्न आग्रह गर्दै भने, “सर्वोच्च अदालतमाथि नेपाली कांग्रेसको पूर्ण समर्थन र विश्वास छ तर अदालतले प्रधानमन्त्री ओलीको गर्जन अनि शक्ति प्रदर्शनबाट प्रभावित नभई संविधानसम्मत फैसला गर्नुपर्छ ।” थापाले राष्ट्रपति व्यक्ति नभएर संस्था भएकाले गलत कामबारे बोल्न सबैलाई अधिकार भएको बताए ।

    उनले आफूहरूले पनि सरकारको कदम र राष्ट्रपतिको समर्थनविरुद्ध बोलेको र सके पक्राउ गर्न चुनौती दिए । यस्तै कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपालमा प्रधानमन्त्री ओेलीले नियन्त्रित लोकतन्त्र स्थापना स्थापन गर्न खोजेको आरोप लगाउँदै भने, “कांग्रेसको सहभागिताबिना मुलुकमा राजनीतिक स्थिरता र संसद् पुन:स्थापना सम्भव छैन ।" नेता घिमिरेले पनि राष्ट्रपतिका गलत कामबारे नागरिकले बोल्न पाउने जिकिर गरे ।

    अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले राजनीतिक संकट समाधानका लागि सशक्त आन्दोलन गर्नुको विकल्प नरहेको बताउँदै भने, “सरकारको स्वेच्छाचारिता बढ्दै गएकाले यसलाई रोक्न जरुरी छ ।

     

    सम्बन्धित समाचार