Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेतृ रामकुमारी झाँक्री पक्राउ

    नेतृ रामकुमारी झाँक्री पक्राउ


    • बिहिवार, माघ २९ २०७७

    • नेपाल वाइड


    नेतृ रामकुमारी झाँक्री पक्राउ
    नेकपा नेतृ रामकुमारी झाक्री

    काठमाण्डौ । माघ २९, प्रहरीले नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर नेकपा प्रचण्ड–माधव समूहकी नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।

    गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो । झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए । प्रहरीले राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार उनलाई पक्राउ पुर्जी थमाएको थियो ।

    सम्बन्धित समाचार