बिहिवार, माघ २९ २०७७
नेपाल वाइड
काठमाण्डौ । माघ २९, भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि गरेको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएको छ । अब ग्यास प्रतिसिलिन्डर एक हजार ४०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ पुगेको छ । हवाइ इन्धनको मूल्य भने बढेको छैन । तत्कालका लागि हवाइ इन्धनको यथावत राखिएको निगमका निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
स्वचालिन मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको निगमको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने र घट्दा घटाउने गरिरहेको प्रवक्ता उपाध्यायकाे भनाइ छ ।