बुधवार, माघ २८ २०७७
नेपाल वाइड
खोटाङ । माघ २८, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यपक डा. पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गका कारण पुर्वी पहाड र काठ्माण्डौंलाई नजिक बनाएको बताएका छन् । विकास निर्माणको अवस्थाका बारेमा अध्ययन र अवलोकनकाक्रममा खोटाङ आएको अवशरमा बुधबार पत्रकारसँगको भेटघाट कार्यक्रममा आयोगका उपाध्यक्ष प्राध्यपक डा. कँडेलले पुष्पलाल मध्यपहाडी लोकमार्गले धनकुटाबाट पहाडै–पहाड एकै दिनमा काठ्माण्डौं आउजाउ गर्ने वातावरण बनेको बताएका छन् ।
उपाध्यक्ष प्राध्यपक डा. कँडेलले खोटाङको ६३५ मेगावाटको दुधकोसी जलाशययुक्त आयोजना, बंशिालाघाट–दिक्तेल–ऐसेलुखर्क सडक कालोपत्रे, दिक्तेलबजारको सडक ढलान, घुर्मी–चतरा सडक लगायतका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । कार्यक्रममा प्रधानमन्त्रीको पुर्वाधार विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलीयाले मध्यपहाडी लोकमार्गका सम्भावना भएका ठाउँमा सुरुङ मार्ग निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाका डिई नारायणप्रसाद निहुरेले मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको दिक्तेल–खचेवाभञ्ज्याङ खण्डको कालोपत्रेका काम आगामी आर्थिक वर्ष पुरा गर्नेगरी काम भइरहेको बताएका छन् । कार्यक्रममा नेकपाका नेता देवबिक्रम राईले खोटाङसँग सम्वन्धित सडक, पुल तथा विद्युतको कामलाई द्रुत गति दिनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यपक डा. कँडेलको ध्यानाकर्षण गराएका थिए ।