Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    खोटाङमा संसद विघटनको विरोधमा जसपाको मसाल जुलुस प्रदर्शन

    खोटाङमा संसद विघटनको विरोधमा जसपाको मसाल जुलुस प्रदर्शन


    • बुधवार, माघ २८ २०७७

    • नेपाल वाइड


    खोटाङमा संसद विघटनको विरोधमा जसपाको मसाल जुलुस प्रदर्शन
    जनता समाजबादी पार्टीले निकालेको मसाल जुलुस

    खोटाङ । माघ २८, खोटाङमा जनता समाजवादी पार्टीले मसाल जुलुस प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको असंवैधानिक संसद विघटन र संवैधानिक निकायमा गरेको नियुक्तीको विरोधमा जनता समाजवादी पार्टीले मसाल जुलुस प्रर्दशन गरेको हो । राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध चर्काे नारा लगाउदै संगमपार्क पुगेको मसाल जुलुसलाई प्रहरीले हस्तक्षेप गर्ने प्रयास गरेको थिए ।

    JaSaPa Julus Pradarsan 1.jpg

    जनता समाजबादी पार्टीले निकालेको मसाल जुलुस

    बुधबार साँझ दिक्तेलबजारको रत्नपार्कबाट शुरु भएको मसाल जुलुस पुरानो बेसक्याममा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य डा. केके राईले सम्बोधन गरेका थिए । मसाल जुलुसमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेता, जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको उपश्थिती रहेको थियो । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओली सरकारले गरेको असंबैधानिक कदमको चर्काे विरोध गर्दै आएको छ ।

    सम्बन्धित समाचार