Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दाङमा भरुवा बन्दुक पड्कँदा एकजनाको मृत्यु

    दाङमा भरुवा बन्दुक पड्कँदा एकजनाको मृत्यु


    • बुधवार, माघ २८ २०७७

    • नेपाल वाइड


    दाङमा भरुवा बन्दुक पड्कँदा एकजनाको मृत्यु
    सांकेतिक तस्बिर

    दाङ । दाङमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्कँदा एकजनाको मृत्यु भएको छ । दगढवा गाउँपालिका–२, तिरतिरे डाँडास्थित जंगलमा सिकार खेल्ने क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय सूर्यबहादुर रानाले बोकेको भरुवा बन्दुक पड्किएर उनकै दाइ ४० वर्षीय इन्द्रबहादुर रानाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीचौकी गोबर्डिया र इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले सूर्यबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    सम्बन्धित समाचार