Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङको जन्तेढुंगामा चौथो सामुदायीक स्वास्थ्य इकाई केन्द्र विस्तार

    खोटाङको जन्तेढुंगामा चौथो सामुदायीक स्वास्थ्य इकाई केन्द्र विस्तार

    डम्बर्खुशिवालयमा बर्थिङ सेन्टर पनि स्थापना

    • बुधवार, माघ २८ २०७७

    • नेपाल वाइड


    खोटाङको जन्तेढुंगामा चौथो सामुदायीक स्वास्थ्य इकाई केन्द्र विस्तार
    डम्बर्खुशिवालयको बाम्राङमा सामुदायीक स्वास्थ्य इकाई केन्द्र उद्घाटनपछि सामुहिक तस्बिर खिचाउँदै गाउँपालिका उपाध्यक्ष बिमला राईलगायत

    खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा चौथो सामुदायीक स्वास्थ्य इकाई केन्द्र विस्तार गरिएको छ । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयको बाम्राङमा गाउँपालिकाकै चौथो सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको हो । सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यका साथ स्थापना गरिएको सामुदायीक स्वास्थ्य इकाई केन्द्र मंगलबार गाउँपालिकाकी उपाध्यक्ष बिमला राईले उद्घाटन गरेकी छन् ।

    आवश्यक औषधि सहित एक जना अहेव र एक जना अनमीको व्यवस्था गरेर डम्बर्खुशिवालयको बाम्राङमा सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको हो । स्वास्थ्य सेवाका लागि आधा घण्टाभन्दा बढि समय हिँड्न वाध्य सर्वसाधारणलाई लक्ष्यित गर्दै स्वास्थ्यचौकी सरहको सेवा प्रवाह गर्नेगरी सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको डम्बर्खुशिवालयका वडाध्यक्ष बिदुरमान राईले बताए ।

    दुरदराजमा रहेका सर्वसाधारणलाई लक्ष्यीत गर्दै यसअघि जन्तेढुंगा गाउँपालिका–२ बोपुङको डुम्रेबोटे, जन्तेढुंगा गाउँपालिका–१ देविस्थानको सिक्किमटार र जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटाछिरुवाघारमा सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिसकिएको छ । सामान्य स्वास्थ्य सेवाका लागि घण्टौं हिँडेर स्वास्थ्य संस्था पुग्न बाध्य सर्वसाधारणलाई आफ्नै गाउँमा स्वास्थ्य सेवा उपलव्ध गराउने गरी क्रमशः अन्य वडामा सामुदायीक स्वास्थ्य इकाई केन्द्र विस्तार गर्दै जाने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

    डम्बर्खुशिवालयमा बर्थिङ सेन्टर

    जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा बर्थिङ सेन्टर पनि स्थापना गरिएको छ । गाउँपालिकाकै दोश्रो बर्थिङ सेन्टरबाट गत पुस १४ गतेदेखि सेवा सुरु गरिसकिएको छ । यसअघि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा मात्र बर्थिङ सेन्टर सञ्चालनमा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए ।

    सम्बन्धित समाचार