Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने


    • मंगलवार, माघ २७ २०७७

    • नेपाल वाइड


    प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने
    फायल तस्बिर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् । निर्वाचनको तयारी नेकपाभित्रको विवादलगायत विषयमा छलफल गर्न ओली आयोग जान लागेका हुन् बिहान ११ बजे ओली आयोग जाने तयारी भएको नेकपा ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । आयोगले यसअघि अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ५/५ जना नेतासहित छलफलका लागि बोलाएको थियो ।

    तर, दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए । यद्यपि पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाल, झलनाथ खनाल, स्थायी कमिटीका नेताहरू आयोग पुगेका थिए । उनीहरुले राजनीति दल सम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गरेका छन् । आयोगमा प्रचण्ड–नेपाल समूहले बुझाएको १९ पृष्ठ लामो निवेदन अध्ययन भइरहेको आयोगले जनाएको छ ।

    सम्बन्धित समाचार