Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थ

    खोटाङको जन्तेढुंगामा २५ वटा खसी उत्पादन गर्ने किसानलाई नगद पुरस्कार !

    खोटाङको जन्तेढुंगामा २५ वटा खसी उत्पादन गर्ने किसानलाई नगद पुरस्कार !

    किसानको प्रोत्साहनका लागि कार्यक्रम लागू गर्ने

    • सोमवार, माघ २६ २०७७

    • नेपाल वाइड


    खोटाङको जन्तेढुंगामा २५ वटा खसी उत्पादन गर्ने किसानलाई नगद पुरस्कार !
    जन्तेढुंगा गाउँपालिकाको आठौं साधारणसभामा गाँउपालिका अध्यक्ष शंकर राई, उपाध्यक्ष बिमला राई, प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईलगायत सहभागीहरु

    खोटाङ । माघ २६, खोटाङको जन्तेढुंगा गाउँपालिकाले वर्षमा २५ वटाभन्दा बढि खसी बिक्री गर्ने किसानलाई नगद पुरस्कार दिने कार्यक्रम ल्याएको छ । सोमबार सम्पन्न गाउँपालिकाको आठौं गाउँसभाले आफ्नै मेहनतमा वार्षिक २५ वटाभन्दा बढि खसी उत्पादन गर्दै बिक्री गर्ने किसानलाई जनही ५० हजारका दरले नगद पुरस्कार दिने निर्णय पारित गरेको छ ।

    गाउँपालिकाको अधिकांश भूभागमा खसीबाख्रा पालनका लागि उपयुक्त हावापानी भएकाले गाउँसभाबाट किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याइएको जन्तेढुंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले बताए । जन्तेढुंगा गाउँपालिलकाका ६ वटै वडामा खसी बाख्रा पालन हुँदै आएको छ ।

    खसी पालनबाट किसानको आर्थिक संवृद्धिमा टेवा पुर्‍याउन सकिने सम्भावना भएकाले गाउँसभाले चालु आर्थिक वर्षबाटै खसीपालक किसानको प्रोत्साहनका लागि कार्यक्रम लागू गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष शंकर राईको अध्यक्षतामा भएको गाउँसभामा आर्थिक वर्ष २०७७/०७८ मा ३० प्रतिशत भौतिक प्रगती भएको जानकारी दिइएको छ ।

     

    सम्बन्धित समाचार