Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    स्वास्थ्यचौकी चिप्रिङको नवनिर्मित भवन उद्घाटन

    स्वास्थ्यचौकी चिप्रिङको नवनिर्मित भवन उद्घाटन

    स्वास्थ्यचौकीको भवन उद्घाटन सँगै वडा कार्यालयलाई हस्तान्तरण

    • सोमवार, माघ २६ २०७७

    • नेपाल वाइड


    स्वास्थ्यचौकी चिप्रिङको नवनिर्मित भवन उद्घाटन
    स्वास्थ्यचौकी चिप्रङको भवन उद्घाटन गर्दै खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राई

    खोटाङ । माघ २६, खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङस्थित स्वास्थ्यचौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई भवन ओखलढुंगाको अनुदानमा निर्माण गरिएको १० कोठा भएको दुई तले भूकम्प प्रतिरोधी भवन सोमबार उद्घाटन गरिएको हो ।

    पुःननिर्माण अभियान अन्तरगत प्राधिकरणको १ करोड ८२ लाख (भ्याट बाहेक)को खर्चमा आर्थिक वर्ष २०७५/०७६ मा निर्माण सुरु गरेर २०७७/०७८ मा सम्पन्न गरिएको स्वास्थ्यचौकीको भवन सोमबार खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले उद्घाटन गरेका छन् । २०७२ सालको भूकम्पका कारण क्षतविक्षत भएका विद्यालय, स्वास्थ्यचौकी, प्रहरीचौकी एबं निजी आवासको पुःननिर्माण अभियान अन्तरगत स्वास्थ्यचौकी चिप्रिङको भवन निर्माण गरिएको हो ।

    पुष्पाञ्जली कन्ट्रक्सन प्राली काठ्माण्डौंले निर्माण गरेको स्वास्थ्यचौकीको भवन प्राधिकरणले उद्घाटन सँगै वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । भ्याट बाहेक १ करोड ८९ लाखमा २०७४ साल चैत २ गते टेण्डर खुलाइएकामा निर्माण कम्पनीले ३.७८ प्रतिशत बिलोमा ठेक्का पारेको थियो । स्वास्थ्यचौकीको भवन निर्माणका लागि पुष्पाञ्जली कन्ट्रक्सनले २०७५ साल असोज १ गते प्राधिकरणसँग सम्झौता गरेको थियो ।

    गत २०७७ साल मंसिरमा सम्पन्न गर्नुपर्ने भवनको काम कोभिड–१९ को महामारीका कारण माघमा सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि देवकुमार बिकले बताए । भुई तलामा बनाइएका सात कोठा सेवा प्रवाहका लागि तथा माथिल्लो तलाका तीन कोठा स्वास्थ्यकर्मीको आवासीय प्रयोजनका लागि उपयोग गरिने गाउँपालिकाले जनाएको छ । अपांगमैत्री शौचालय सहितको भवन निर्माण गरिएको हो । स्वास्थ्यचौकीको पक्की भवन बनेपछि सेवा प्रवाह सहज भएको स्वास्थ्य ईन्चार्ज रेनुसा राईले बताईन् ।

    स्वास्थ्यचौकीको भवन उद्घाटनकाक्रममा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष कविता राई, पुःननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई भवन ओखलढुंगाका डिई अर्जुन तामाङ, खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँल, इन्द्रेणीपोखरीका वडाध्यक्ष देबिन्द्र राई, ईन्जिनियर शुसिल चौधरी लागायतले बोलेका थिए । कार्यक्रममा स्वास्थ्यचौकीको भवन निर्माण गरेका कन्ट्रक्सनका प्रतिनिधि बिकलाई कदर–पत्र प्रदान गरिएको छ । कार्यक्रम वडाध्यक्ष किरण राईको सभापतित्वमा भएको थियो ।

    यससँगै खोटेहाङका नौ मध्ये सात स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएको छ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखा स्वास्थ्यचौकीको भवन निर्माणका लागि पुष्पाञ्जली कन्ट्रक्सन प्रालीले ठेक्का पारिसकेको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा मात्र स्वास्थ्यचौकीको नयाँ भवन बन्न बाँकी छ । यद्यपी, लिच्कीराम्चेको माबेमा आधारभुत स्वास्थ्य सेवा केन्द्र विस्तार गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    सम्बन्धित समाचार