Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    प्रचण्ड-नेपाल समूहले बुधबार राजधानीमा शक्ति प्रदर्शन गर्दै : ५ स्थानबाट जुलुस निकाल्ने तयारी

    प्रचण्ड-नेपाल समूहले बुधबार राजधानीमा शक्ति प्रदर्शन गर्दै : ५ स्थानबाट जुलुस निकाल्ने तयारी


    • सोमवार, माघ २६ २०७७

    • नेपाल वाइड


    प्रचण्ड-नेपाल समूहले बुधबार राजधानीमा शक्ति प्रदर्शन गर्दै : ५ स्थानबाट जुलुस निकाल्ने तयारी

    काठमाडौं । प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले बुधबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । संसद् विघटनविरुद्को केन्द्रीय संघर्ष समितिले राजधानीको पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ । संघर्ष समितिले पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल तथा संघ-प्रदेशका सांसदहरुलाई दिएको छ ।

    त्यस्तै त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ, सबै केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरुलाई दिएको छ ।

    त्यस्तै माइतीघरबाट निस्कने जुलुसको नेतृत्व नेताहरु अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल, केन्द्रीय कमिटी सदस्यहरु सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरूलाई दिइएको नेकपाले जनाएको छ । केशरमहलबाट निसक्ने जुलुसको नेतृत्व नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरुले गर्नेछन् ।

    जमलबाट निस्कने जुलुसमा लीलामणि पोखरेल, केन्द्रीय कमिटी सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरुले गर्ने संघर्ष समितिले जनाएको छ । 

    सम्बन्धित समाचार